मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १९ सोमबार १०:०८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पर्सामा पत्रकार र प्रहरीसहित थप ३५ जनामा कोरोना  

Read Time : < 1 मिनेट
२०७७ श्रावण १९ सोमबार १०:०८:००

पर्सामा थप ३५ जनामा कोरोना संक्रमण देखिएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको पिसिआर परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण देखिएको हो। 

संक्रमण पुष्टि हुनेमा वीरगन्जनिवासी एकजना पत्रकार र तीनजना प्रहरीसमेत रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार ३५ जना संक्रमितमध्ये १९ जना वीरगन्जको श्रीपुरनिवासी हुन् । 

डा. उपाध्यायका अनुसार थपिएका नयाँ संक्रमितमध्ये १४ जना कन्ट्याक्ट ट्रेसिङ र बाँकी अन्य माध्यमबाट परीक्षण गर्दा पोजिटिभ भेटिएका हुन् ।