Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ श्रावण १९ सोमबार ०८:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेलम्चीमा पहिरोले घर पुरिँदा चार भारतीयसहित आठ बेपत्ता

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ श्रावण १९ सोमबार ०८:२०:००

सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका– ११ मा पहिरोमा घर पुरिँदा भाडामा बस्ने चार भारतीयसहित आठजना बेपत्ता भएका छन् । मेलम्ची बजारस्थित स्वास्थ्य चौकीछेउमै रहेको सो घरलाई माथिबाट रूखसहित खसेको ढिस्कोले पुरेको स्थानीय श्याम खड्काले जानकारी दिए । 

मेलम्चीनिवासी देवलाल श्रेष्ठको घरमा व्यापार गर्न आएका चार भारतीय र स्थानीय व्यक्ति भाडामा बस्थे । पहिराेमा पुरिएका एकजनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको खड्काले बताए। 

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले दिएको जानकारीअनुसार राति २ बजे घरमाथिको ढिस्को खसेर रूसहित आएपछि घर पुरिएको हो । 

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको टोलीले  पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।