मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १९ सोमबार ०७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा गोरु काटेको आरोपमा तीनजना पक्राउ                                        

Read Time : < 1 मिनेट
२०७७ श्रावण १९ सोमबार ०७:२०:००

लमजुङमा गोरु काटेको आरोपमा तीनजना पक्राउ परेका छन् । मर्स्याङ्दी गाउँपालिका– ७ ङादी दोभानमा गोरु काटेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले ङादी दोभानचौरका वर्ष  ४२ का रामबहादुर भुजेल, मर्स्याङ्दी  गाउँपालिका– ७ का वर्ष ३० का राजकुमार भुजेल र बेसीसहर नगरपालिका– १० बस्ने वर्ष २० का दुर्गा थापा मगरलाई पक्राउ गरेको हो । 

दोभानचौरस्थित रामबहादुर भुजेलको घरमा गोरु काटेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खुदीबाट खटिएका प्रहरी टोलीले घरधनी भुजेलसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए  । 

उनीहरूलाई गोरुको मासु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । शुक्रबार राति साढे १० बजेतिर गोरु काटेको देखेपछि स्थानीयले प्रहरीलाई उजुरी गरेका थिए ।  तीनैजनालाई आइतबार गौबध मुद्दामा लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।