Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७७ श्रावण १८ आइतबार १९:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतका फैसलाप्रति बारको ध्यानाकर्षण, विवादित फैसला अध्ययन गरिने

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ श्रावण १८ आइतबार १९:४५:००

नेपाल बार एसोसिएसनले पछिल्ला समय अदालतबाट भएका फैसलाप्रति ध्यानाकर्षण भएको जनाएको छ । विवादित वा विसंगतिजन्य फैसला भएमा त्यसको अध्ययन गर्ने र सम्बन्धित निकायमा कार्यार्थ लेखी पठाउने निर्णय गरेको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

‘देशभरका अदालतहरूबाट विकृति, विसंगतिजन्य आदेश तथा फैसला कुनै भएको भन्ने पाइएमा सोे विषयमा बारले अध्ययन गरी सम्बन्धित निकायमा आवश्यक कार्यार्थ लेखी पठाउने निर्णय भएकोले सम्पूर्ण बार एकाइहरूलाई त्यस किसिमका कुनै आदेश तथा फैसला भएको भए पठाउन अनुरोध गरिएको छ,’ आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्ला केही समययता न्यायपालिकाले स्वतन्त्र, सक्षम, निष्पक्ष र न्यायिक सदविवेकको आधारमा कानुनबमोजिम न्याय सम्पादन नगरेको आफूहरूलाई महसुस भएको बारले जनाएको छ । महासचिव पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा न्यायालयको छवि बिगार्ने यस्ता नकारात्मक फैसला हुनु नहुने उल्लेख छ । 

शुक्रबार बसेको बारको बैठकले अदालतको जनआस्थामा प्रहार हुने किसिमका सूचना र समाचार प्रवाह नगर्न पनि आग्रह गरेको छ । सर्वोच्च अदालतसहितका अदालतबाट हुने गरेका फैसला तथा आदेशमाथि भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको र न्यायिक प्रक्रियाबाटै त्यसलाई सच्याइने भएकाले त्यस्ता विषयमा प्रदर्शन नगर्नसमेत बारले आग्रह गरेको छ । 

‘अदालतका आदेश फैसलाहरूमा बौद्धिक बहस, छलफल हुन सक्छ, तर समग्र न्यायपालिका र न्याय प्रणालीमाथि नै अनास्था फैलाउने किसिमका टीकाटिप्पणी र प्रदर्शन गर्ने कार्यलाई उचित मान्न सकिँदैन,’ बारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।