मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ श्रावण १८ आइतबार १७:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश १ मा कोरोना : २७ संक्रमित थपिए, सातजना डिस्चार्ज 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ श्रावण १८ आइतबार १७:१५:००

प्रदेश १ मा आइतबार २७ जना कोरोना संक्रमित थपिएका छन् भने सातजना कोरानामुक्त भई घर फर्किएका छन् । हालसम्म यस प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७१ पुगेको छ । 

प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखाका अनुसार आइतबार मोरङको विराटनगरमा आठ पुरुष र चार महिला, कटहरीमा दुई, ग्रामथान र बुढीगंगामा एक–एक पुरुष, सुनसरीको धरानमा आठ पुरुष र एक महिला, बराहक्षेत्र र इटहरीमा एक–एक पुरुषमा कोरोना पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार आइतबार कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पाँच महिला र दुई पुरुष डिस्चार्ज भएका छन् । हालसम्म निको भएर उपचार केन्द्रबाट डिस्चार्ज हुनेहरूको संख्या आठ सय २१ पुगेको छ । यस प्रदेशमा हालसम्म एकजना संक्रमितको कोरोनाबाट मृत्यु भएको छ ।