काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
उपत्यकाको काठमाडौं जिल्लाका २२ जना, ललितपुरका आठजना र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र ललितपुरका चारजनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा काठमाडौंका आठजनामा संक्रमण पुष्टि भएको छ । वीर अस्पताल प्रयोगशालामा काठमाडौंका एक, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका एक र नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका एकजनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका तीन तथा नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।