मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १८ आइतबार १६:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कारागारबाट भागेका कैदी नाै महिनापछि पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण १८ आइतबार १६:४२:००

३० कात्तिक ०७६ मा भीमफेदी कारागारबाट भागेका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको छ ।

नाै महिनाअघि कारागारबाट भागेका २५ वर्षीय कुलदीपराज धामी पक्राउ परेका हुन् । 

प्रहरीले शुक्रबार पक्राउ गरेर आइतबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । 

धामीलाई नवलपरासीको देउचुली नगरपालिकाबाट पक्राउ गरेको एसपी सुशीलसिंह राठौरले जानकारी दिए । 

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका धामी कारागारको सहनाइके थिए । ‘कारागारबाट भागेको खबर प्राप्त हुनासाथ हामी खोजीमा जुटेका थियौँ,’ एसपी राठौरले भने, ‘कञ्चनपुरबाट चितवनतर्फ आउँदै गरेको अवस्थामा मकवानपुरबाट खटिएको टोलीले नवलपरासीबाट पक्राउ गर्न सफल भयो ।’ 

धामीलाई आइतबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

धामीले सुनसरीको रामधुनी नगरपालिका– ७ बस्ने २१ वर्षीय रोजिन गुरुङको हत्या गरेको ठहर भएपछि उनले ५ वर्षदेखि सजाय भोगिरहेका थिए । 

उनी कारागारको पर्खाल नाघेर भागेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको दाबी छ ।