१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश रावल सुर्खेत
२०७७ श्रावण १८ आइतबार १५:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

आइतबार कर्णाली प्रदेशमा कोरोना संक्रमण शून्य

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ श्रावण १८ आइतबार १५:१७:००

कर्णाली प्रदेशमा आइतबार गरिएकाे परीक्षणमा एकजनामा पनि कोरोना संक्रमण देखिएन । 

कर्णाली प्रदेशका विभिन्न ठाउँमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा एकजनामा पनि कोरोना संक्रमण नभेटिएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । 

‘आइतबार एकजना पनि कोरोना संक्रमणका बिरामी फेलापरेका छैनन्,’ उनले भने, ‘शनिबार सल्यानमा एकजनामा कोरोना संक्रमण देखिएको थियो ।’

हालसम्म एक हजार सात सय २२ जना निको भएर घर फर्किएको डा. तिवारीले बताए । 

‘हाल सक्रिय संक्रमितका बिरामी दुई सय ११ जना रहेका छन्,’ उनले भने, ‘कोरोनाका कारणले ६ जनाको मृत्यु भएको छ ।’