१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १८ आइतबार १४:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद : एक साता लामो संवादहीनता तोड्दै नेकपाका शीर्ष नेता जुटे संवादमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १८ आइतबार १४:३४:००

एक साता लामो संवादहीनता तोडेर नेकपाका शीर्ष नेताले छलफलको सुरुवात गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच बालुवाटारमा चलेको छलफल सकिएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा झन्डै तीन घन्टा भएको छलफलमा पार्टीभित्र देखापरेको विवादका मुख्य एजेन्डामा आज छलफल नभएको भए पनि संवादको सुरुवात भएको र नेताहरूले सामान्य आ–आफ्नो भनाइ राखेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

नेकपाभित्र देखापरेको विवादका बीच एक सातायता नेकपाका दुई अध्यक्षबीच छलफल हुन सकेको थिएन ।

यही १३ साउनमा डाकिएको स्थायी समिति बैठक अध्यक्ष ओलीले एकातर्फी रूपमा स्थगन गरेको भन्दै अर्काे अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बालुवाटारमा बसेको थियो । 

उक्त बैठकले नेकपामा ओली पक्षधर र दाहाल पक्षधरबीच स्पष्ट रेखा कोर्न पुगेको थियो । 

त्यसयता दुई नेकपाका शीर्ष नेताहरूबीच छलफल र संवाद हुन सकेको थिएन ।