सभामुख अग्निप्रसाद सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारीसाधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालबाट प्राप्त सबैको रिपोर्ट नेगेटिभ रहेकोे सभामुखकाे सचिवालयले बताएको छ ।