१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १८ आइतबार ११:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली, प्रचण्ड र खनालबीच बालुवाटारमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १८ आइतबार ११:०८:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष तीन नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल चलिरहेको छ।

आइतबार बिहान करिब १० बजेदेखि सुरु भएको छलफलमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल सहभागी छन् । 

साउन १३ का लागि तय भएको स्थायी कमिटीको बैठक अध्यक्ष ओलीले सूचना टाँसेर स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले एकतर्फी रूपमा सञ्चालन गरेका थिए। 

ओली पक्षले स्थगित भएको बैठकलाई मान्यता दिएकाे छैन । आन्तिरक विवादका बीच नियमित छलफल, संवादमा रहेका अध्यक्षद्वय त्यसयता प्रत्यक्ष संवादमा थिएनन्।

यद्यपि ओली पक्षको असहमतिबीच बसेको बैठकलाई ‘बैठक’ भन्ने कि ‘भेला’ भन्नेबारे सहभागीबीच समेत विवाद भएको थियो । उक्त बैठकले प्रचण्डलाई सहमति खोज्ने जिम्मेवारी दिएको थियो । सोहीअनुरूप आजको छलफल डाकिएको नेकपा स्रोतले जनाएकाे छ ।   

आजको भेटघाटमा अध्यक्ष ओली र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर पटक-पटक स्थगित भएको जारी स्थायी कमिटी बैठक सुचारु गर्ने विषयमा छलफल भइरहेको स्रोतकाे दाबी छ ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओलीको राजीनामालगायतका विषयलाई लिएर विवाद चुलिएको छ ।