१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस
२०७७ श्रावण १७ शनिबार २१:५९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Read Time : < 1 मिनेट
रासस
२०७७ श्रावण १७ शनिबार २१:५९:००

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु. दुईले वृद्धि गरेको छ । यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर रु. १.५० ले वृद्धि गरेको छ । 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार पछिल्लोपटक इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु. १०४ पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकाेमा अब बढेर रु. ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन । 

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको सहर वीरगन्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ । नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनधिकृत रूपमा भारततर्फ तस्करीसमेत हुने गरेको छ ।

निगमले यसअघि भने जुलाई १६ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेकोसमेत स्मरण गरेको छ ।