Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १७ शनिबार २१:४३:००
समाचार डिजिटल संस्करण

सोमबारदेखि पर्साभर अनिश्चितकालीन निषेधाज्ञा

२०७७ श्रावण १७ शनिबार २१:४३:००

जिल्ला प्रशासन कार्यालय पर्साले सोमबारदेखि जिल्लाभर लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्लामा पछिल्लो समय  कोरोना भाइस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको र नयाँ संक्रमित थपिने क्रम निरन्तर बढिरहेकाले निषेधाज्ञा जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । पर्सामा कोरोनाको जोखिम झनै बढेका कारण अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको उनले बताए । 

जिल्ला सुरक्षा समितिको शनिबारको बैठकको निर्णयअनुसार सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाभर अर्को सूचना जारी नहुञ्जेलसम्म निषेधाज्ञा जारी भएको बस्नेतले बताए । ‌निषेधाज्ञा अवधिभर औषधोपचार र अतिआवश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरिएको उनले बताए । 
यसअघि गएको १० साउनबाट वीरगन्ज महानगरपालिकामा मात्र लागू हुने गरी अर्को सूचना जारी नहुञ्जेलसम्म निषेधाज्ञा जारी भएको थियो ।