मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १७ शनिबार २०:२४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

रलिङ गुम्बाको मुहार फेरियो (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण १७ शनिबार २०:२४:००

कर्णाली प्रदेश सरकारले हुम्लाको रलिङ गुम्बा मर्मत गरेपछि निकै सुन्दर र आकर्षक बनेको छ । यस गुम्बामा कुँदिएका विभिन्न बुट्टेदार चित्रले मानव सभ्यताको विकासक्रमलाई देखाउने इतिहासकारहरूको भनाइ छ । गुम्बाको ढुंगामा कुँदिएका बुट्टेदार चित्रले खस साम्राज्यको तत्कालीन अवस्थालाई चित्रित गर्नुको साथै प्रतिभाशाली तत्कालीन राजा अशोक चल्लको बारेमा समेत उल्लेख गरिएको उनीहरूको भनाइ छ । 

यो गुम्बा कर्णाली प्रदेशकोे महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रूपमा समेत रहेको छ । प्रदेश सरकारले रलिङ गुम्बा पुनर्निर्माण तथा मर्मतका क्रममा ‘कार्भिङ स्टोन’ (बुट्टेदार ढुंगा) प्रयोगमा ल्याइएको छ । जसले गुम्बाको मुहार नै फेरेको छ । गुम्बाबारे जानकारी दिन र आसपासको प्रचारप्रसार गर्न गुम्बा व्यवस्थापन समिति लागिपरेको गुम्बा व्यवस्थापन समितिका सचिव छिरिङ लामाको भनाइ छ ।