मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १७ शनिबार २०:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार महासंघ हुम्ला शाखाका संस्थापक अध्यक्ष रोकायाको निधन

Read Time : < 1 मिनेट
२०७७ श्रावण १७ शनिबार २०:२२:००

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका संस्थापक अध्यक्ष जयबहादुर रोकायाको निधन भएको छ । सिमकोट गाउँपालिका– ५ स्थित आफ्नै निवासमा ६२ वर्षको उमेरमा रोकायाको शनिबार निधन भएको हो । 

हुम्ला जिल्लाका पत्रकारहरूको गुरुका रूपमा रहेका  रोकायाले ०५८ मा नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखा स्थापना गरेका थिए । पत्रकार रोकाया बेदनु पत्रिकाबाट पत्रकारिता पेसामा संग्लन हुँदै झन्डै पाँच दशकसम्म पत्रकारिता पेसामा आबद्ध हुँदै आएको पत्रकार कर्ण रोकायाले जानकारी दिए ।