मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १७ शनिबार १९:०६:००
Read Time : < 1 मिनेट
प्रदेश

बर्दिया र कैलाली जोड्ने सत्तीघाटको पुलमा प्वाल पऱ्याे

Read Time : < 1 मिनेट
२०७७ श्रावण १७ शनिबार १९:०६:००

बर्दिया र कैलाली जोड्ने सत्तीघाट (कर्णाली) पुलमा प्वाल परेको छ । बाढीले पुलको बर्दियातर्फ कटान गरेपछि पुलको छेउमा प्वाल परेको हो । 

नदीको चौडाइभन्दा पुल छोटो छ । यसकारण वर्षायाममा पुलभन्दा बाहिरबाट समेत पानी जाने गर्छ । जसले गर्दा पुलको छेउ कटान हुँदै आइरहेको थियो । नदी कटानको जोखिम कम गर्न पुलको बर्दियातर्फको अन्तिम पिल्लर र स्पाम थप गर्न स्थानीयले माग गर्दै आएका थिए । तर, सरोकारवाला निकायले मागको सुनुवाइ नगर्दा हुलाकी राजमार्गअन्तर्गत पर्ने यस पुलमा प्वाल परेर आवतजावतमै समस्या भएको स्थानीयको गुनासो छ ।

प्रदेश ५ का सांसद दीपेश थारूले पुलमा थप स्पाम र पिल्लरका लागि पहल भइरहेको बताए । यसै वर्ष यो काम हुने उनले बताए । गत बुधबार सांसद थारू, बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला समन्वय समिति प्रमुख शंकरप्रसाद थारू, राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय प्रमुखलगायतकाले पुलको निरीक्षण गरेका थिए । राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरीले पुलबारे पटकपटक प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएको बताए । पुल अत्यन्त जोखिममा परेको भए पनि प्रदेश र संघीय सरकारले बेवास्ता गरेको बताए । पुलमा परेको प्वाल तत्काल मर्मत नगरे पुल नै भत्किने उनको भनाइ छ ।