मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ श्रावण १७ शनिबार १८:४६:००
Read Time : < 1 मिनेट
समाचार

ट्रकमा बन्धक बनाई बलात्कार गरेको आरोपमा चालकसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण १७ शनिबार १८:४६:००

बाटोमा अलपत्र परेकी युवतीलाई घर पुऱ्याइदिन्छु भनेर फकाई ट्रकमा बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटबाट ना.२ख६७४६ का ट्रकचालकसहित तीनजनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा ट्रकभित्रै युवतीलाई बलात्कार गर्दैगर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । 

चितवनबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनिया चोक आएको ट्रकमा युवती बलात्कृत भएको स्थानीयको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका– १ का ट्रकचालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालकहरू १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेको साहले जानकारी दिए । गत बिहीबार बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पुऱ्याइदिन्छु भनी उनीहरूले ट्रकमा ल्याएका थिए । बरगिनिया चोक पुगेपछि युवतीलाई बन्धक बनाएर उनीहरूले ट्रकभित्रै बलात्कार गरेका थिए । पीडितले रोइकराई गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पीडित युवतीको शुक्रबार साँझ स्वास्थ जाँच गरिएको छ ।

आरोपी तीनैजनालाई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्याद दिइएको प्रहरीको भनाइ छ । पीडित युवतीको अभिभावक सम्पर्कमा आइनसकेकाले उनलाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको प्रहरीले जनाएको छ ।