१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १७ शनिबार १४:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निषेधाज्ञापछि सुनसान महोत्तरी सदरमुकाम

Read Time : < 1 मिनेट
२०७७ श्रावण १७ शनिबार १४:१९:००

महोत्तरीमा कोरोना संक्रमण बढ्दै गएपछि सदरमुकाम र महोत्तरी गाउँपालिकाको वडा नं. ३ र ५ मा लगाइएको निषेधाज्ञापछि सडकहरू सुनसान देखिएका छन् । सदरमुकामको बजार क्षेत्रमै रहेका पसल बन्द छन् भने अति आवश्यक सेवाका पसलहरू मात्र खुलेका छन् । सवारीसाधन र पैदलयात्रीको संख्यासमेत नगन्य देखिएको छ ।

निषेधाज्ञाका कारण आज मुस्लिमहरूले दोस्रो ठूलो पर्व बकर इद घरमै मनाएका छन् । अन्य समय भए यस पर्वमा हजाराैँको भिड सडकमा देखिने गरे पनि समयको गम्भीरतालाई आत्मसात् गर्दै मुस्लिम धर्मावलम्बीहरूले घरमै पर्व मनाएका छन् ।


महोत्तरीमा गत बिहीबारसम्म आठ सय ६३ जना कोरोना पोजेटिभ देखिएका छन् । त्यसमध्ये एकजनाको मृत्यु भएकाे छ । यता कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिन थालेपछि निषेधाज्ञा पूर्ण सफल पार्न स्थानीय प्रशासन लागेको छ ।