१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएनआई वासिङ्टन
२०७७ श्रावण १७ शनिबार १२:२२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाइ

Read Time : < 1 मिनेट
रासस/एएनआई वासिङ्टन
२०७७ श्रावण १७ शनिबार १२:२२:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने बताएका छन् । 

उनले यस विषयमा विचार भइरहेको र अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन पनि सक्ने बताएका हुन् । 

उनले भने, ‘हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरू पनि कैयौँ विकल्प हुन सक्छन्, त्यसबारेमा खोजी गरेका छौँ, हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।’ 

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरूमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले टिकटकमा पनि प्रतिबन्ध लगाउन सक्ने तयारी गरेको चर्चा सुरु भएका वेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो । 

यसअघि जुलाईको पहिलो साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनेबारेमा सोचिरहेको बताएका थिए । 

त्यसको करिब एक महिनापछि राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो ।