मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १७ शनिबार १२:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बकर इद मनाइँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १७ शनिबार १२:०९:००

मुस्लिम धर्मावलम्बीहरूले शनिबार बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । 

रमजान पर्वको ७०औँ दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । 

नमाज पढिसकेपछि एक–आपसमा अंकमाल गर्दै शुभकामना आदान–प्रदान गरिन्छ । विगत वर्षहरूमा बकर इदको दिन दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्ने गरेको भए पनि यो वर्ष भने सुनसान देखिएको छ । 

विश्वव्यापी बनेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम समुदायले घरघरमै नमाज पढेर बकर इद बनाउँदै छन् । राष्ट्रिय मुस्लिम आयोगले बकर इदमा घरघरमै बसेर नमाज पढ्न आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताए । वर्षमा एकपटक मात्रै आउने पर्व भएकाले केही असहज भए पनि देशवासीका लागि यो कदम चालिएको उनले जनाए । 

इदका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् ।