Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १७ शनिबार ११:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान् गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १७ शनिबार ११:१३:००

कञ्चनपुरको बेलौरी नगरपालिका– ७ भगतपुरमा गएराति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीया बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान् ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए । ‘गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ,’ प्रवक्ता थापाले भने, ‘घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।’

उनले घटनाको अनुसन्धान भइरहेको बताए ।  प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । ‘सोधपुछका लागि छोरासहित दुईजनालाई नियन्त्रणमा लिएका छौँ, ’ थापाले भने । रासस