मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १०:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १०:४७:००

प्रहरीको साइबर ब्युरोले अश्लील भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । 

ब्युरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लील फोटो तथा सन्देश बालिकाकी दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिए ।  

पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोबार ऐन, २०६३ को कसूरमा जिल्ला अदालत काठमाडौंबाट रु. एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका मिश्रलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।  रासस