१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस महेन्द्रनगर
२०७७ श्रावण १७ शनिबार ०९:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान् गम्भीर घाइते  

Read Time : < 1 मिनेट
रासस महेन्द्रनगर
२०७७ श्रावण १७ शनिबार ०९:३२:००

कञ्चनपुरको बेलौरी नगरपालिका– ७ भगतपुरमा गएराति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीया बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई पनि हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान् ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए। ‘गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ,’ प्रवक्ता थापाले भने, ‘घटना खाती परिवारको घरमै गएकाे मध्यरातमा भएको देखिन्छ ।’     

घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । प्रहरीले सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । थापाले भने, ‘सोधपुछका लागि छोरासहित दुईजनालाई नियन्त्रणमा लिएका छौँ ।’