मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १७ शनिबार ०७:४५:००
Read Time : < 1 मिनेट
समाचार

ढुंगाले घर भत्काउँदा गुल्मीमा एकैपरिवारका चारको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ श्रावण १७ शनिबार ०७:४५:००

गुल्मीमा पाखोबाट खसेको ढुंगाले घर भत्काउँदा एकैपरिवारका चारजनाको ज्यान गएको छ । शुक्रबार साँझ पाखोबाट खसेको ढुंगाले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ आटिपाटाका राजु माझीको घर भत्किँदा उनकी पत्नी ३० वर्षीया विना, छोराहरू १० वर्षका सागर र सात वर्षका हेमन्त तथा १० महिनाकी छोरी विनिताको मृत्यु भएको वडाध्यक्ष हरि ज्ञवालीले बताए ।

राजु रोजगारीका सिलसिलामा विदेशमा छन् । साँझ करिब आठ बजेतिर विनाले खाना पकाउने तयारी गरिरहेका वेला घरमाथिको पाखोबाट ठूलो ढुंगा खसेको थियो ।

सुरुमा घरमाथिको बाटोमा खसेको ढुंगा उछिट्टिएर घरमै खसेको थियो ।  जसले विनासहित घरभित्र रहेका दुई छोरा र एक नाबालक छोरीको मृत्यु भएको वडाध्यक्ष ज्ञवालीले बताए ।