मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी इटाली
२०७७ श्रावण १७ शनिबार ०६:४६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सामुद्रिक जहाजमा रोनाल्डोको दैनिकी

Read Time : > 1 मिनेट
एजेन्सी इटाली
२०७७ श्रावण १७ शनिबार ०६:४६:००

लगातार नवौँपटक लगातार घरेलु इटालियन सिरी ए लिगको उपाधि जितेपछि युभेन्टसले आफ्ना खेलाडीलाई आराम दिएको छ । सम्भवतः युरोपियन च्याम्पियन्स लिगका आगामी खेल सुरु हुनुअघिसम्म खेलाडी बिदामै हुनेछन् ।

लामो समयको कोभिड १९ महामारीको त्रास र त्यसपछि लिग खेलको व्यस्ततापछि क्रिस्टियानो रोनाल्डो पनि आफ्नो बिदा मनाउन समुद्रतर्फ लागेका छन् । उनी आफूले हालै ५५ लाख पाउन्ड खर्चेर किनेको सुविधासम्पन्न सामुद्रिक जहाज  लिएर परिवारसँगै सामुद्रिक जीवन बिताउन निस्किएका छन् । 

पोर्चुगिज सुपरस्टार रोनाल्डोले गत महिनाको अन्त्यमा मात्रै महँगो रकम खर्चेर ८८ फिट लामो सामुद्रिक जहाज एजिमट ग्रान्डी किनेका हुन् । भर्सिलिया सिपयार्डमा बनेको यो जहाजमा पाँचवटा सुविधासम्पन्न क्याबिन छन् । विशेष साजसज्जासहितका ६ वटा ट्वाइलेट छन् । एउटा आधुनिक किचेन छ । यस्तै, दुईवटा आराम गर्ने क्षेत्र छन् । एउटा ठूलो लाउन्ज र डाइनिङ रुम पनि छन् । १९ हजार हर्जपावर क्षमताको जहाज ९३ टन तौलको छ । 

यसअघि भाडाको जहाज प्रयोग गर्दै आइरहेका रोनाल्डोले यसपटक भने आफ्नै किनेका हुन् । उनले आफ्नो जहाज किन्नुभन्दा पहिले अफ्रिका आई नामको जहाज भाडामा प्रयोग गर्थे । आफ्नै नयाँ जहाज खरिद गरेपछि रोनाल्डोले श्रीमती जियोर्जिना रोड्रिगेज र छोराछोरीसहित आफ्नो बिदा मनाउन इटालीकै तिरेनियन कोस्ट पुगेका हुन् । यसअघि गत जुनमा जियोर्जिना आफैँले नयाँ जहाजको तस्बिर सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो नयाँ जहाजमा बसेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

उनले हालै मात्र पनि आफ्नो परिवारका सदस्यहरू जहाजका विभिन्न कोठामा आराम गरिरहेका तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यसमध्ये एक तस्बिरमा उनले रोनाल्डोका लागि खाना ‘सर्भ’ गरिरहेको पनि देखिएको थियो । रोनाल्डोले सिरी ए लिगको यो सिजन ३३ खेल खेल्दै ३१ गोल गरेका छन् । उनको यही योगदानमा युभेन्टसले यो सिजन सिरी ए लिगको उपाधि जित्न सफल भएको हो ।