मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार २२:५१:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूको कार्यक्षमता र न्यायिक निष्ठामाथि आशंका  ः पूर्वन्यायाधीश फोरम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार २२:५१:००

सर्वोच्च अदालतबाट पछिल्लो समय भएका दुईवटा आदेशको विषयलाई लिएर पूर्वन्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अरू केही न्यायाधीशहरूको कार्यक्षमता र निष्ठामा प्रश्न उठाएको छ। फोरमले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणा र अरुरू केही न्यायाधीशको कार्यक्षमता र न्यायिक निष्ठामाथि आशंका गरेको हो ।

प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले श्रीमतीको हत्या अभियोगमा तल्ला अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका रञ्जन कोइरालाको सजाय घटाएर आठ वर्ष ६ महिना कायम गरेको थियो। सो फैसलापछि ८ साउनमा कोइराला जेलमुक्त भएका छन्। यसअघि सवारी ज्यान मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई धरौटीमा रिहा गर्ने न्यायाधीश सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले दिएको आदेशउपर पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै न्यायाधीश फोरमले प्रधानन्यायाधीश राणाको कार्यशैलीप्रति असन्तुष्टि जनाएको हो। यसकारण न्यायपालिकको विश्वसनीयता जोगाउन उनीहरूमाथि संवैधानिक निकायले आवश्यक कदम चाल्नसमेत आग्रह गरिएको छ।

फोरमका उपाध्यक्ष टोपबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले न्यायपालिकाको समग्र नेतृत्व गर्ने प्रधानन्यायाधीश र सर्वोच्च अदालतको केही न्यायाधीशहरूको कार्यक्षमता र निष्ठाउपर नै प्रश्न उठेकाले न्यायपालिकाको विश्वसनीयता जोगाउन वैधानिक प्रक्रियाद्वारा समस्याको सम्बोधन गर्न जिम्मेबार संवैधानिक निकायले आफ्नो संवैधानिक कर्तव्य निर्वाह गर्नका लागि ध्यानाकर्षण गराएका छौँ।’

यस्तो छ विज्ञप्ति