१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार २२:१७:००
Read Time : < 1 मिनेट
समाचार

उपरथी हमालले सम्हाले युएन सिरिया मिसनको नेतृत्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार २२:१७:००

नेपाली सेनाका उपरथी ईश्वर हमालले सिरियास्थित संयुक्त राष्ट्रसंघीय डिस्इन्गेजमेन्ट अब्जरभर फोर्स मिसनको नेतृत्व सम्हालेका छन् । हमालले १२ साउनमा मिसन प्रमुख तथा फोर्स कमान्डरको कार्यभार सम्हालेको जंगी अड्डाले जनाएको छ । मिसनको मुख्यालय सिरियाको गोलान हाइट्समा छ । जसले सिरिया र इजरायलबीचको युद्धविराम सम्झौताको अनुगमन गर्दै आएको छ । 

मिसनका कार्यबाहक प्रमुख अमेडो मिचेलीबाट हमालले कार्यभार बुझेका हुन् । कमान्ड बुझबुझारथ कार्यक्रममा शान्ति सैनिकको एक टुकडीले हमाललाई सम्मान गारत अर्पण गरेको थियो । उपरथी हमालले मिसनका लक्ष्य हासिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । हमाललाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले १२ फागुनमा फोर्स कमान्डर तथा मिसन प्रमुखमा नियुक्त गरेका हुन् । यसअघि सो मिसनमा प्रधानसेनापति पूर्णचन्द्र थापा, पूर्वरथी बालानन्द शर्माले नेतृत्व सम्हालेका छन् ।