मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १६ शुक्रबार १८:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

पहिरोले पुरिएर जाजरकोटमा १२ वर्षीय बालक बेपत्ता 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार १८:३३:००

भेरी नगरपालिका- ७ दोकानामा पहिरोमा परी शुक्रबार १२ वर्षीय खिमबहादुर परियार बेपत्ता भएका छन् । उनीसँगै रहेका १२ वर्षीय प्रदीप विक भने घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । बेपत्ताको खोजी र घाइतेको उद्धार गर्न कार्यालयबाट प्रहरी परिचालन भइसकेको उनले जानकारी दिए । 

सानीभेरीले बगाएर बालक बेपत्ता 
रुकुम पश्चिमको सानीभेरीले बगाउँदा सानीभेरी गाउँपालिका–९ राङजाका १२ वर्षीय जनार्दन खड्का पनि बेपत्ता भएका छन् । सुलिहाले भन्ने ठाउँमा पौडी खेल्ने क्रममा उनी बगेका थिए । साथीहरूसँग सानीभेरीको भंगालोमा पौडी खेल्ने क्रममा उनी बगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताएका छन् ।