१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार १८:२३:००
Read Time : < 1 मिनेट
खेलकुद

स्वर्ण विजेतालाई कांग्रेसको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार १८:२३:००

१३औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरूलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा कांग्रेसले शुक्रबार आयोजित कार्यक्रममा स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहदुर देउवाले स्वर्ण पदक विजेतालाई प्रतिखेलाडी १० हजारका दरले सम्मान गरेको हो । एकभन्दा बढी पदक जित्ने खेलाडीहरूलाई थप पाँच हजार दिइएको छ । जसअनुसार सागमा चारवटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरिन् । यस्तै दुईवटा पदक जित्ने तेक्वान्दोका आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरेको छ ।

नेपालले सागमा स्वर्ण, रजत र कांस्य गरी दुई सय ६ पदक प्राप्त गरे पनि कांग्रेसले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो । यद्यपि रजत र कांस्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कुद पदक २०६ जितेको थियो । महाधिवेशनको मिति नजिकिँदै गर्दा गठन भएको पार्टीको खेलकुद विभागले सक्रियता देखाउन थालेको छ ।