मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार १४:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्यतथ्य सूचनाको सम्प्रेषणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्छ : सूचना आयुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार १४:५४:००

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सत्यतथ्य सूचनाको सम्प्रेषणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने बताएकी छिन् । 

नियमनकारी भूमिकामा रहेको आयोग र सूचना दिने माध्यम पत्रकारबीचको सम्बन्ध सौहार्दपूर्ण बनाउँदै राष्ट्र निर्माणमा ठूलो योगदान पुऱ्याउन सकिने उनले बताइन् ।  आयोगमा भएको पत्रकार सम्मेलनमा आयुक्त ओलीले सूचना नपाउँदा जनतामा आउने अन्याेलको अन्त्य गर्न आयोगको गठन भएको उल्लेख गर्दै सही सूचना सम्प्रेषण गरी राज्यलाई सहयोग गर्दै जवाफदेही, पारदर्शी बनाउन भूमिका खेल्नुपर्ने बताइन् । 

कोभिड– १९ का कारण कार्ययोजनाअनुसार देशव्यापी कार्यक्रम सम्पन्न गर्ने वातावरण नभएपछि अवस्था सहज हुँदै गएपछि जनतालाई सूचना कसरी प्रत्याभूत गर्ने र कसरी सूचना माग्न सहजता हुन्छ भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम गरिने उनकाे भनाइ छ ।