१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १६ शुक्रबार १२:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीले बगाएका दुईजनाका शव भेटियो

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार १२:५३:००

कैलालीमा बाढीले बगाएका थप एकजनाको शव फेलापरेको छ । भजनी नगरपालिका– ८, काँढाका ४० वर्षीय ईश्वर शाहको शव आज फेलापरेको हो । गत बुधबार बिहान हुलाकी राजमार्गबाट आफन्तको घर जाने क्रममा उनी बाढीमा बगेर बेपत्ता भएका थिए ।

अविरल वर्षाका कारण बुधबार आएको बाढीमा बगेर भजनीका तीनजना बेपत्ता भएका थिए । भजनी–८, कै ११ वर्षीय एजिकल चौधरीको बिहीबार शव फेलापरेको थियो ।

बाढीमा बेपत्ता भएका ३३ वर्षीय चक्र विकको अवस्था अज्ञात छ । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

भजनीमा बाढीमा बगेका तीनजनाको सकुशल उद्धार गरिएको थियो । अविरल वर्षाका कारण गत बुधबार र बिहीबार आएको बाढीले घर डुबानमा परेपछि कैलालीमा साढे दुई हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । 

कैलालीको भजनी, जोशीपुर र टीकापुर क्षेत्रमा लगाइएको धानबालीमा बाढीले ठूलो क्षति पुऱ्याएको छ ।