Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १६ शुक्रबार १०:१५:००
Read Time : < 1 मिनेट
समाचार

वीरगन्जकी महिलाले आइसाेलेसनमै बच्चा जन्माइन् 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार १०:१५:००

वीरगन्ज– १ छपकैयाकी ३१ वर्षीया कोरोना संक्रमित महिलाले आइसोलेसनमै बच्चा जन्माएकी छिन् ।  शुक्रबार  नारायणी अस्थायी गण्डक कोभिड अस्पतालमा उपचाररत  महिलाले आइसोलेसनमै बिहान ४ बजे छोरी जन्माएकी हुन् ।

कोरोना संक्रमित आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको कोभिड अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए।  उनका अनुसार संक्रमित महिलालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमित महिला बिहीबार साँझ सुत्केरी गराउन मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राति नै उनलाई एम्बुलेन्समा राखेर कोभिड अस्पतालमा ल्याएका थिए । 

बिहान नवजात शिशुको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको सिंहले बताए ।