मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार ०७:४४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ब्लुक्रस हस्पिटलमा दूरबिनका माध्यमबाट पाठेघर निकाल्ने शल्यक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार ०७:४४:००

जर्मनको किल युनिभर्सिटीबाट आएकी स्त्रीरोग विशेषज्ञले नेपालको ब्लुक्रस हस्पिटलमा महिलाको शरीरमा प्वाल पारेर दूरबिनबाट पाठेघर निकाल्ने शल्यक्रिया सफलतापूर्वक गरेकी छिन् । स्त्रीरोग विशेषज्ञमा थप डिग्री हासिल गरेकी डा. रंगिना लाइकंगबमले वरिष्ठ स्त्रीरोग तथा गाइनो सर्जनका रूपमा उक्त अप्रेसन सफलतापूर्वक सम्पन्न गरेकी हुन् । 

डा. रंगिनाले ब्लुक्रस हस्पिटलमा गरेको यो अप्रेसन नेपालमै पहिलो भएको जनाइएको छ । डे केएर हिस्टेरेक्टोमी प्रविधि भनिने यस प्रविधिबाट शल्यक्रिया गर्दा बिरामी बिहान अस्पतालमा भर्ना भई पाठेघर झिक्ने शल्यक्रिया दूरबिनका माध्यमबाट गराई ६ देखि ८ घन्टामा हिँडेर नै घर फर्कन सक्ने अस्पतालले जनाएको छ ।

यसबाट बिरामीको समय निकै बचत भई आर्थिक रूपमा समेत फाइदा हुने डा. रंगिनालाई उद्धृत गर्दै अस्पतालले जनाएको छ । विश्वका कैयौँ देशमा यस प्रविधिबाट पहिलादेखि नै शल्यक्रिया भइरहे पनि नेपालमा डा. रंगिना लाइकंगबमले नै पहिलोपटक सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

डा. रंगिनाले यस अत्याधुनिक प्रविधिबाट डे केएर हिस्टेरेक्टोमी तथा अन्य डे केएर गाइनो सर्जरी गर्ने नेपालकै प्रथम स्त्रीरोग विशेषज्ञ र ब्लुक्रस हस्पिटल पहिलो निजी अस्पतालका रूपमा प्रस्तुत भएको जनाएकी छिन् ।