Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ५ सोमबार
  • Monday, 21 September, 2020
२०७७ श्रावण १५ बिहीबार २०:४४:००
समाचार

बाढीमा बेपत्ता तीनमध्ये एकजनाको शव फेला

२०७७ श्रावण १५ बिहीबार २०:४४:००

बाढीमा बगेर बेपत्ता भएका कैलालीका एकजनाको शव फेलापरेको छ  । भजनी नगरपालिका– ८ जनकपुरका इजिकेल चौधरीको बिहीबार शव फेलापरेको हो । 

इलाका प्रहरी कार्यालय भजनीका अनुसार चौधरीकाे शव हुलाकी सडकभन्दा करिब एक किलोमिटर तल काँडाढिकमा फेलापरेको हो । बेपत्ता अन्य दुईजनाको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ  । अविरल वर्षापछि बुधबार आएको बाढीले वडा नम्बर– ८ का इजिकेलसँगै काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्रबहादुर विकलाई बगाएको थियो । 

प्रहरीले टंक शाही, हेमन्त शाही, विकी शाह, बलबहादुर चौधरीलाई बुधबार उद्धार गरेको थियो । बेपत्ता भएकाहरूको खोजी जारी रहेको वडा नम्बर– ८  अध्यक्ष पंकज चौधरीले बताए ।