Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७७ श्रावण १५ बिहीबार १७:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय समितिमा मन्त्री भट्टको दाबी- एमसिसीमा सहमति जनाए टाउको काट्ने धक्की आयो

Read Time : < 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७७ श्रावण १५ बिहीबार १७:५१:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) सम्झौतामा समर्थन जनाएमा ज्यान जाने धम्की आएको बताएका छन् ।

बिहीबार संसद्को उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एकजनाले फोन गरेर एमसिसी परियोजनामा सहमति जनाए ज्यान जाने धम्की आएको बताएका हुन् । 

 ‘अस्ति मलाई बझाङबाट फोन आयो, तैँले एमसिसीमा सहमति जनाइस् भने टाउको काटिन्छ भने,’ मन्त्री भट्टले भने, ‘मैले भाइ तपाईंले एमसिसी पढ्नुभएको छ भनेँ, उताबाट किन पढ्नुपऱ्याे । पास नगर्ने भनेपछि नगर्ने । पढ्ने तेरो कुरो हो भने ।’