मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १५ बिहीबार १६:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको विकल्प कोही छैन : उद्योगमन्त्री भट्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १५ बिहीबार १६:४५:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताएका छन् ।

स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उनले बताए । बहुमत स्थायी समिति सदस्यहरूले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका वेला भट्टको यस्तो धारणा आएको हो ।

रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा मन्त्री भट्टले भने, ‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिनँ । नेपालको इतिहासलाई हामीले के गर्नुपर्छ भने अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ । नयाँ इतिहास बनाउनुपर्छ । त्यो भनेको के हो भने पाँच वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।’

पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को बीचमा सहमतिबाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री भट्टले त्यसका लागि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताए ।  सरकार परिवर्तनको खेल भए देश फेरि अस्थिरतातर्फ जाने उनले बताए । 

मन्त्री भट्टले पार्टीभित्र अहिले केपी प्रवृत्तिहरू खेल्न खोजेकाले त्यसलाई परास्त गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।  पार्टीको एकता महाधिवेशन सहमतिमै हुने उल्लेख गर्दै भट्टले नेतृत्वसमेत सहमतिमै टुंगो लाग्ने बताए ।