मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल सुर्खेत
२०७७ श्रावण १५ बिहीबार १२:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिकोटमा पहिरो : पहिरोबाट दुई बालबालिकासहित तीनको मृत्यु, एक बेपत्ता

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ श्रावण १५ बिहीबार १२:४६:००

कालिकोटको विभिन्न ठाउँमा बुधबार गएको पहिरोमा परेर थप तीनजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । 

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– ७ क्युरीमा पहिरोमा परी ६२ वर्षीय पर्शुराम सञ्ज्यालको मृत्यु भएको छ भने अन्दाजी २९ वर्षीया तारा धमला सञ्ज्याल बेपत्ता भएकी छिन् । 

त्यस्तै, महावै गाउँपालिका– ७ कोडबाडामा घर भत्किँदा दुई बालबालिकाको ज्यान गएको छ । 

बुधबार बेलुका महावै गाउँपालिका– ७ का तुल महतराको घर वर्षाका कारण भत्किएर खेलिरहेका स्थानीय टेकबहादुर भण्डारीकी ४ वर्षीया छोरी संगीता भण्डारी र सूर्य महतराको १२ वर्षीय छोरा गणेश महत्तराको घरभित्रै पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीले बताए ।

पानी परिरहेको अवस्थामा स्थानीय ६ जना बालबालिका तुल महतराको घरमा खेलिरहेकामा अरू चारजना बालबालिका घाइते भएका छन् । 

उनीहरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।