मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १५ बिहीबार १२:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसमा किचलाे : अनुशासन समितिको नियत र कार्यक्षमतामाथि वरिष्ठ नेता पौडेलले उठाए प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १५ बिहीबार १२:१४:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । 

पौडेलले आज सामाजिक सञ्जालमा टिप्पणी गर्दै बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारबाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन् । 

उनले विगत  निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उमेदवारी दिने ३२ जना उम्मेदवार र प्रस्तावक तथा समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निष्कासित गर्दा तनहुँ क्षेत्र नं. १ मा बागी उम्मेदवारलाई कारबाही नगरेकोमा समेत असन्तुष्टि जनाएका छन् । 

उनले तनहुँ क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीसँग जोडेर सिटिङ संसद् तथा उम्मेदवारी खेसिएका कैलालीका पुष्कर ओझालाई स्पष्ट आधार र कारणविना विधानको दफा ३४ बमोजिम ५ वर्षको लागि पार्टीबाट निष्कासन गर्ने गरी कारबाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको उल्लेख गरेका छन् ।