मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १५ बिहीबार ०९:२०:००
Read Time : < 1 मिनेट
अर्थ

हिसानअन्तर्गतका विद्यार्थीलाई एनसेलको विशेष अनलाइन कक्षा अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १५ बिहीबार ०९:२०:००

एनसेल प्राइभेट लिमिटेडले अनलाइन शिक्षा तथा सिकाइका लागि भ्वाइस, डेटा र एसएमएसको बन्डलसहितको सेवा दिने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र एनसेलबीच एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने सम्झौता भएको हो ।  

सम्झौताअनुसार अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने गरी विशेष मासिक योजना सञ्चालन गर्ने जनाइएको छ ।

विद्यार्थीले करबाहेक मासिक २ सय ५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी–फोरजी डेटा, २ जिबी फोरजी डेटा, सियुजी नम्बरमा कल गर्न हरेक दिन १ सय २० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउने एनसेलले जनाएको छ । योभन्दा बढी सेवा लिन चाहनेले करबाहेक मासिक ३ सय ५० रुपैयाँको योजना पनि रहेको जनाइएको छ ।  

एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कोभिड–१९ को संक्रमण चुनौतीका कारण कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यू नर्मल’सँग अभ्यस्त हुने अवसर आएको बताए । हिसानका अध्यक्ष रमेशकुमार सिलवालले पुरानै शैलीमा कहिलेदेखि कक्षाहरू सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था नभएकाले भर्चुअल कक्षाका लागि कनेन्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक–शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्ने बताए । 

सम्झौताअनुसार हिसानको सिफारिसपत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक– शिक्षिकाहरूले यो सेवा लिन सक्नेछन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिने जनाइएको छ ।