१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १५ बिहीबार ०९:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बारा र पर्सामा चार स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार ०९:५४:००

बारा र पर्सामा चार स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राति ५३ जनामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । 

नयाँ संक्रमितमध्ये तीनजना बारा र बाँकी सबै पर्साका हुन् । डा. उपाध्यायका अनुसार पर्साका दुई चिकित्सक र बाराका दुई स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना विशेष अस्पताल गण्डकको आइसोलेसन वार्डमा ६० जना संक्रमितको उपचार भइरहेकाले बुधबार थपिएका ५३ जनालाई घरमै बस्न भनिएको छ ।