१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १५ बिहीबार ०८:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकको एसएमई तथा घर कर्जा ९.५ प्रतिशत ब्याजमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १५ बिहीबार ०८:११:००

सिटिजन्स बैंकले ९.५ प्रतिशत ब्याजदरमा ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई (साना तथा मझौला कर्जा) योजना सार्वजनिक गरेको छ । बैंकले जग्गा–घर खरिद गर्न तथा घर निर्माण गर्न र साना तथा मझौला उद्योगका लागि कम ब्याजदरको कर्जा योजना ल्याएको हो । 

कोभिड–१९ ले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिमा पनि कर्जालाई सरल र सहज तरिकाले प्रदान गर्ने उद्देश्यका साथ आकर्षक योजना सार्वजनिक गरेको बैंकको दाबी छ । घर तथा एसएमई कर्जा ग्राहकले कागजात पेस गरेको तीन कार्य दिनभित्र निर्णय हुने जनाइएको छ । यो कर्जाको भुक्तानी समय २५ वर्षसम्मको हुने बैंकले जनाएको छ । यो कर्जा उपभोग गर्ने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउने जनाएको छ । बैंकले ल्याएको कर्जा योजनाअनुसार देशभरका सबै शाखाबाट यो सुविधा लिन सकिने बैंकले जनाएको छ । बैंकले देशभरमा १ सय ९ शाखा, ९८ एटिएम र १ सय ४ शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको जनाएको छ ।