मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ श्रावण १५ बिहीबार ०७:१४:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

खेमराज गुरुङ  फाउन्डेसन स्थापना

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ श्रावण १५ बिहीबार ०७:१४:००

स्व.गायक खेमराज गुरुङको नाममा फाउन्डेसन स्थापना भएको छ । फाउन्डेसनको अध्यक्षमा अधिवक्ता भविश्वर गुरुङ र सदस्यसचिवमा टीकाराम गुरुङ चयन भएका छन् । समितिमा खेमराजका दिदी–बहिनी चञ्चला र बबिता गुरुङसहित १५ सदस्य छन् । पाँचजनाको सचिवालय गठन गरिएको छ । भविश्वर बार एसोसिएसनका पूर्वकेन्द्रीय सदस्य तथा टीकाराम वरुण बहुमुखी क्याम्पस प्रमुख र त्रिवि प्राज्ञ परिषद् सदस्य हुन् । 

फाउन्डेसनले स्व. खेमराज गुरुङको स्मृतिमा नेपाललगायत विभिन्न मुलुकमा विभिन्न कार्यक्रम आयोजना गर्नेछ । यस्तै, संखुवासभाका विभिन्न ठाउँमा पार्क, स्वागत गेट, संग्रहालय, पुस्तकालय, संगीत कक्षा, सांस्कृतिक कार्यक्रम गर्ने, मनकामना धाममा खेमराज गुरुङको अर्धकदको सालिक निर्माण गर्नेलगायतका निर्णय गरेको फाउन्डेसनका अध्यक्ष भविश्वर गुरुङले बताए ।

उनले फाउन्डेसनले यसअघि खेमराजको नाममा गठन भएको ट्रस्ट र अन्य संघसंस्थासँग समन्वय गरेर काम गर्ने बताए । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा जन्मिएका खेमराज गुरुङको ४२ वर्षको उमेरमा ९ भदौ ०७३ मा निधन भएको थियो । उनले वारि जमुना पारि जमुना, आलु तामाले, बैगुनीले, देउराली डाँडालगायतका थुप्रै गीत गाएका छन् ।