मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १४ बुधबार २०:२९:००
Read Time : < 1 मिनेट
प्रदेश

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी नियुक्त

Read Time : < 1 मिनेट
२०७७ श्रावण १४ बुधबार २०:२९:००

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा विश्वराज जोशीलाई नियुक्त गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि जोशीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रार र वीर अस्पतालको युरोलोजी विभागका प्रमुख भइसकेका जोशीलाई प्रतिष्ठानको उपकुलपति नियुक्त गरिएको सरकारका प्रवक्ता, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए । उपकुलपति नियुक्त भएसँगै अब प्रतिष्ठानको काम अघि बढ्ने मन्त्री ढुंगेलले जानकारी दिए ।

बैठकले प्रदेश बालअधिकार समितिमा झविन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मीना थापा र लक्ष्मी ढकाललाई समेत मनोनीत गरेको छ । यसैगरी बैठकले प्रदेश युवा परिषद् नियमावली ०७७ स्वीकृत गर्ने, वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री ढुंगेलले जानकारी दिए ।