१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १४ बुधबार १९:४९:००
Read Time : < 1 मिनेट
समाचार

बलात्कारको आरोपमा पक्राउ सशस्त्रका एसएसपीलाई तेस्रोपटक म्याद थप

Read Time : < 1 मिनेट
२०७७ श्रावण १४ बुधबार १९:४९:००

बलात्कार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि तेस्रोपटक म्याद थप गरेको छ । युवतीलाई खाना खान बोलाएर बलात्कार गरेको आरोपमा उनी ३१ असारमा पक्राउ परेका थिए । 

सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुख अधिकारीलाई कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट बुधबार तेस्रोपटक म्याद थप गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको उनले जानकारी दिए । कास्की प्रहरीले यसअघि १ साउनमा सात दिन र ७ साउनमा सात दिन म्याद थप गरेको थियो ।

घटनाका बारेमा अनुसन्धान भइरहेको र थप अनुसन्धान आवश्यक रहेकाले म्याद थप गरिएको हमालले जानकारी दिए । अनुसन्धानका लागि प्रहरीले २५ दिन समय पाउनेछ । बुधबार थपिएको १० दिनपछि तोकिएको म्याद सकिनेछ । चितवन घर भएकी अन्दाजी २७ वर्षीया युवतीले आफूलाई अधिकारीले खाना खान बोलाएर बलात्कार गरेको उजुरी दिएकी थिइन् । अधिकारीले युवतीलाई क्वार्टरमै बोलाएका थिए ।