१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १४ बुधबार १९:३३:००
Read Time : < 1 मिनेट
खेलकुद

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवालले लिए शपथ 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १४ बुधबार १९:३३:००

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष शिव कोराइला र सदस्यसचिव रमेश सिलवालले बुधबार शपथ लिएका छन् । खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा कोइराला र सिलवाललाई मन्त्री जगत विश्वकर्माले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथग्रहणसँगै उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवालले चार वर्ष राखेप कार्यभार सम्हाल्नेछन् । 

नवनियुक्त सदस्यसचिव सिलवालले अघिल्लो कार्यकालमा बाँकी रहेका काम पूरा गर्ने बताएका छन् । ‘यसअघि बाँकी रहेको अधुरो काम अब पूरा गर्नेछु,’ सञ्चारकर्मीसँग कुराकानी गर्दै सिलवाल भने, ‘खेलकुदमा सुशासन र पारदर्शिता कायम गर्नेछु ।’ परिषदमा सिलवालको यो दोस्रो कार्यकाल हो । यसअघि उनी २३ साउन ०७६ मा सदस्यसचिव बनेका थिए । 
नयाँ खेलकुद ऐन लागू भएपछि सिलवाल १७ असारमा पदमुक्त भएका थिए । खेलकुद ऐन ०७७ अनुसार मन्त्रालयले गठन गरेको छनाेट सिमितिले सिफारिस गरेका तीन व्यक्तिमध्ये एकलाई सदस्यसचिव बनाइने प्रावधान छ । सरकारले सोमबार नै नयाँ ऐनअनुसार राखेपमा सिलवाललाई सदस्यसचिव नियुक्त गरेको थियो । 

नेपाली खेलकुद इतिहासमा खुला प्रतिस्पर्धाबाट सदस्यसचिव हुने सिलवाल पहिलो व्यक्ति हुन् । सिलवालले परिषदमा सदस्यसचिव हुनका लागि २६ असारमा दर्खास्त दिएका थिए ।

उपाध्यक्ष कोइरालाले गत मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको प्रचारप्रसार विभागको संयोजकको जिम्मेवारी सम्हालेका थिए । कोइराला नेपाल तेक्वान्दो युनियनका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका सहसंयोजकसमेत हुन् ।