मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १४ बुधबार १९:०५:००
Read Time : < 1 मिनेट
समाचार

कैलाली बाढी अपडेट : बगेर तीनजना बेपत्ता, तीनजनाको उद्धार

Read Time : < 1 मिनेट
२०७७ श्रावण १४ बुधबार १९:०५:००

बाढीमा बगेर कैलालीमा तीनजना बेपत्ता भएका छन् । भजनी नगरपालिका– ८ मा बाढीमा बगेर तीनजना बेपत्ता भएका हुन् भने तीनजनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र ११ वर्षीय स्केल चौधरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् । नजिकै पर्ने पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेर बेपत्ता भएको विष्टले बताए ।

यस्तै बुधबार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ । बगेको ठाउँभन्दा करिब पाँच सय मिटर तलबाट घाइते अवस्थामा उनलाई उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । बाढीमा बगेका भजनीकै बिक्की शाही र हेमन्त शाहीलाई प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।