मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १४ बुधबार १५:०६:००
Read Time : < 1 मिनेट
समाचार

नेकपा केन्द्रीय कमिटी बैठकको माग गर्दै पार्टी महासचिवलाई पत्र बुझाउने तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १४ बुधबार १५:०६:००

नेकपा केन्द्रीय कमिटीको बैठक डाक्न माग गर्दै एक सय ५० भन्दा बढी सदस्यले हस्ताक्षर गरेर पार्टीका महासचिव विष्णु पौडेललाई बुधबार पत्र बुझाउने तयारी गरेका छन् ।

नेकपामा विवाद बढिरहेका वेला केन्द्रीय कमिटी बैठकको माग उठेको हो 

केन्द्रीय सदस्य ठाकुर गैरेले अपराह्न चार बजे पार्टी कार्यालय गएर महासचिवलाई मागपत्र बुझाइने बताए ।

मंगलबार पनि बालुवाटारमा पार्टी अध्यक्ष एवं केपी शर्मा ओलीको अनुपस्थितिमा बहुमत स्थायी कमिटी सदस्यको बैठक बसेको थियो ।