मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १४ बुधबार १४:४३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवास क्षेत्रमा लकडाउन

Read Time : < 1 मिनेट
२०७७ श्रावण १४ बुधबार १४:४३:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण बिमारीमा हुँदै स्वास्थ्यकर्मीहरू तथा आवास क्षेत्रमा समेत देखिन थालेपछि प्रतिष्ठान प्रशासनले बुधबारदेखि लकडाउनको घोषण गरेको छ । 

बाइकेमेस्ट्री फ्याकल्टीका एकजना चिकित्सकका श्रीमान् र सर्जरी विभागको वार्डमा बसेका बिमारीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन लकडाउन गरिएको प्रतिष्ठान रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले जनाए । 

अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि लकडाउन गरिएको उनले जानकारी  दिए ।

सूचना जारी गरी आवास र छात्रवास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तिनका परिवारलगायत विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवासबाहिर नजान भनिएको छ । 

प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल नगर्नका लागि सुरक्षाकर्मीसमेत परिचालन गरिएको र हिँडडुल गरिए सुरक्षाकर्मी परिचालन गरी कारबाही गर्नेसमेत भनिएको छ । 

अत्यावश्यक काममा बाहिर जानुपरे पूर्वस्वीकृत लिनसमेत जारी सूचनामा भनिएको छ ।  

प्रतिष्ठानको आवास क्षेत्रमा करिब दुई हजारभन्दा बढी कर्मचारी चिकित्सक बस्दै आएका छन् । 

उनीहरू परिवारसहित बस्दै आएकाले बाहिर जाँदा संक्रमण आवास क्षेत्रभित्र फैलिने भन्दै प्रतिष्ठानले लकडाउन गर्ने निर्णय गरेको हो । 

प्रतिष्ठानको आकस्मिक सेवा र ओपिडी सेवा सामाजिक दूरी कायम गरेर कडा निगरानीमा नियमित सुचारु गरिने प्रतिष्ठानका रजिष्टार प्राडा रेग्मीले जानकारी दिए । 

प्रतिष्ठानको बायोकेमेस्ट्री विभागकी एकजना फ्याकल्टी चिकित्सका श्रीमान् र प्रतिष्ठानको सर्जरी विभागको वार्डमा बसेर उपचार गरी डिस्चार्ज भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

मंगलबार बेलुका पोजेटिभ रिपाेर्ट आएपछि प्रतिष्ठानमा कडाइ गरिएको हो ।