मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १४ बुधबार १४:०९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सिंहदरबारका कर्मचारीको पिसिआर परीक्षण सुरु, सात सयजनाको नमुना संकलन गर्ने तयारी 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १४ बुधबार १४:०९:००

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पिसिआर परीक्षण थालेको छ । 

कार्यालय सहयोगी, सवारीचालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने पाँच सयदेखि सात सय कर्मचारीहरूको पिसिआर परीक्षणका लागि बुधबार नमुना संकलन गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब सात सयजना कर्मचारीको नमुना संकलनको तयारी भएको छ ।

 परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आकलन गर्न सकिने उनले बताए । 

काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा कुल संक्रमितको संख्या चार सय ७७ पुगेको छ । काठमाडौँंमा तीन सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।