१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १४ बुधबार १३:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १४ बुधबार १३:५३:००

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलोपटक मोबाइल स्वाब कलेक्सन भेहिकल अर्थात् स्वाब संकलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड– १९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने मूल नारालाई अघि सार्दै नाष्टले नेपाली सेनाको सहयोगमा प्राप्त टोयटा गाडीमा आवश्यक प्रविधि जडान गरी स्वाब संकलन गर्ने व्यवस्था गरेको वरिष्ठ प्रविधि अधिकृत डा. शंकर ढकालले बताए ।  

उनले भने, ‘कोरोना प्रभावित व्यक्ति र चिकित्सकबीच स्वाब संकलन गर्दा बढ्ने सक्ने खतरालाई अन्त्य गर्न यस प्रविधिले निकै सहयोग गर्नेछ, यस भेहिकलमा पिपिई ग्लोब्स, पोजिटिभ प्रेसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यक वस्तु जडान गरिएको छ ।’


कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) छाउनीको संयोजनमा एउटा भेहिकल निर्माण सम्पन्न गरिसकिएको डा. ढकालले जानकारी दिए । सो भेहिकल नाष्ट कार्यालयमा पाँच–६ दिन लगाएर करिब २५ जना विभिन्न विधाका मानिस जुटेर बनाएका हुन् । 

सिंहदरबारभित्र पहिलो चरणमा यस प्रविधिको प्रयोग गरी स्वाब संकलन गरिने भएको छ । सो भेहिकल चिकित्सकले खुट्टाले स्विच अन गर्दा पिपिई ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै भेहिकल सङ्क्रमणमुक्त गर्न सकिने बनाइएको डा. ढकालले बताए ।  

भेहिकलबाट संकलित स्वाब भने त्यसभित्र रहेको आइस बक्समा राखिनेछ । बक्समा राखिएको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइन्छ । नाष्टले मुलुकका हरेक प्रदेशमा यस्तो भेहिकल निर्माण गर्ने योजना बनाइसकेको डा. ढकालले बताए । नाष्टका केही प्रतिनिधिले सिसिएमसीलाई विभिन्न मन्त्रालयका सचिव, नेपाल पुलिस र नेपाली सेनासमक्ष मंगलबार सो भेहिकल हस्तान्तरण गरेको बताइएको छ । रासस